दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ १४ गते, सोमबार ६:४५

उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरूमा सञ्चालित आईटी नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज एनआरइएनको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भयो। देशका २७ संस्थाका ३५ जना सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), खुमलटारमा आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन नाष्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले गर्नुभएको थियो। एनआरइएनका अध्यक्ष श्री लोचन लाल अमात्यले उद्घाटन समारोहमा प्रशिक्षार्थीहरूलाई स्वागत गर्दै क्याम्पस नेटवर्कको डिजाइन शिक्षक तथा विद्यार्थीहरूले अधिकतम लाभ लिन सक्ने गरी गर्नु पर्ने र यस कार्यशालाबाट सोही सीप ग्रहण गर्न प्रशिक्षार्थीहरूलाई सुझाब समेत दिनुभयो। कार्यक्रम सञ्चालन गर्न नाष्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गतको राष्ट्रिय सूचना ज्ञान केन्द्रले सहयोग गरेको थियो। प्रशिक्षार्थीहरू सूचना प्रविधिको अध्यापन हुने नेपालका सबैजसो विश्वविद्यालय तथा कलेजका क्याम्पस नेटवर्क डिजाइनरहरू नै थिए भने प्रशिक्षार्थीहरू एनआरइएन र सुबिसु कम्पनीका विज्ञहरू थिए। कार्यशाला सम्पन्न भइसकेपछि प्रशिक्षार्थीहरूले उक्त कार्यक्रमबाट आआफ्नो कलेजको नेटवर्क डिजाइनलाई थप प्रभावकारी बनाउन र कलेज नेटवर्कलाई आईएसपि जस्ता बाह्य नेटवर्क सँगको समन्वय बढाउन सीप प्रदान गरेको जनाए। देशका विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूलाई आवश्यक गर्ने द्रुत गतिको इडुरोम नामक वाईफाई सेवा निशुल्क प्रदान गर्ने एनआरइएन नेपालको एक मात्र अनुसन्धानमा समर्पित गैरनाफामूलक संस्था हो। कार्यशालामा संलग्न सबै प्रशिक्षक तथा कर्मचारीहरूले आआफ्नो सेवा निशुल्क प्रदान गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु