उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

युवा पर्यटन उद्यमी अर्याल सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ १५ गते, मंगलवार २१:४३

युएई । नमस्ते ट्राभल एन्ड टुरिजम एल.एल.सी. युएईका प्रबन्ध निर्देशक तथा पर्यटन उद्यमी समाजसेवी नानुकाजी अर्याल सम्मानित भएका छन् ।

शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित
हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मानबाट प्रमुख अतिथि युएईका प्रतिष्ठित अफिसर वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले अर्याललाई सम्मान गरेका हुन् ।

धादिङमा जन्मिएर युएईलाई आफ्नो कर्मभूमि बनाएका अर्याल झन्डै २ दशक भन्दा देखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन्।

नेपालीहरुका समस्यामा हरदम साथ दिदै आएका अर्याल देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक, रूपान्तरणका लागि आर्थिक,बौद्धिक र प्राविधिक लगानी जुटाउने लगाएत मानवीय कार्यमा सक्रिय रहदै आएका छन।

उक्त अवसरमा शैली मिडिया नेटवर्कका अध्यक्ष राम चन्द्र पोखरेलले एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु