
युएई । गोसाईकुण्ड इङलिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल राजु लामा सम्मानित भएका छन् ।
शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित
हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय शिक्षा सेवी सम्मानबाट प्रमुख अतिथि युएईका प्रतिष्ठित अफिसर वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले लामालाई सम्मान गरेका हुन् ।
लामो समयसम्म शिक्षण पेसा हुदै सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा लामा विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता समेत हुन् ।


