
युएई । शान्ति पाठशालाका संस्थापक प्रिन्सिपल देवेन्द्र श्रेष्ठ सम्मानित भएका छन् ।
शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित
हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय शिक्षा सेवी सम्मानबाट प्रमुख अतिथि युएईका प्रतिष्ठित अफिसर वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले श्रेष्ठलाई सम्मान गरेका हुन् ।
ईसान कागेश्वरी मनोहरा नगरपालिका समितिका उपाध्यक्ष समेत रहेका श्रेष्ठ १७ वर्षको उमेर देखि शैक्षिक क्षेत्रमा निरन्तर सक्रिय रहदै १९ वर्ष देखि विधालय संचालकका रुपमा योगदान पुर्याएका उनि तेक्वान्दो खेलका पुर्व प्रशिक्षक समेत रहेका छन।


