
काठमाडौं ।ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रालि संचालक तथा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमला सम्मानित भएका छन।
शहीद दिवसको अवसरमा बुधबार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा सफल कृषि व्यक्तित्व सम्मान२०८१बाट कार्यक्रम का प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी बिशिस्ट अतिथि वातावरण राज्यमन्त्री रुपा विकले भव्य समारोहका बीच धमलालाई सम्मान गर्नु भएको हो।
सामाजिक कार्यमा समेत सक्रिय सम्मानित धमला विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएर निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी कृषि अभियन्ता पनि हुन् ।
प्रखर वक्ता, दुग्धजन्य लगाएत अन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध रहेका छन् । बिशेश गरि दूध तथा कृषि जन्य बस्तु बिदेश बाट आयत गर्नु हुन्न एस बाट देशको ठुलो धन राशी बाहिरिने र देशको अर्थ तन्त्रमा नै असर पर्ने उहाको अडान रहेको छ। सम्मानप्रति आभार व्यक्त गर्दै धमलाले दुग्धजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए। हामिले जे काम गरे पनि हाम्रो देशको अर्थ तन्त्र बिदेसिन बाट रोक्नु पर्ने धारणा ब्याक्त गर्नु भयो। यो सम्मान आफुलाइ मात्र नभै समग्र कृषि एबम दुग्ध लाई सम्मान भयको बताउनु भयो । यो सम्मान ले आगामी दिन यसै क्षेत्रमा थप ससक्त भयर लाग्न प्रेरित गरायको छ भन्दै कार्यक्रमका सम्पुर्ण टिमलाइ धन्यवाद ज्ञापनसमेत गर्नु भयो ।


