दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्लानेट नेशनल हाई स्कुल च्याम्पियनसिप : सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टललाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २० गते, आईतवार ६:२२

धनगढी। ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ।

धनगढी स्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा वेस्टर्न क्रिस्टलले विद्या भुषण पब्लिक स्कुललाई ३३ रनले पराजित गर्दै नेशनल हाइस्कुल च्याम्पियनसिपको लागि छनोट भएको हो। सुदूरपश्चिम छनोटबाट विजेताको रुपमा वेस्टर्न क्रिस्टलले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ। राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

फाइनल खेलमा १०४ रनको लक्ष्य पछ्याएको विद्या भुषणले निर्धारित १० ओभर ब्याटिंग गरेता पनि ४ विकेट क्षेतीमा ७० रन मात्र बनाउन सक्यो।

विद्या भुषणको लागि नबिन शाहले सर्वाधिक २० रन बनाए जुन क्रममा १७ बलमा ३ चौका प्रहार गरे। प्रशान्त मदाईले १६ तथा रोशन बिक र बिबेक दुवालले समान ११ रन बनाए।

वेस्टर्न क्रिस्टलका बलर रोशन रावल, युनिक मल्ल र बिक्की सिंहले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टर्न क्रिस्टल एकेडेमीले निर्धारित १० ओभरमा ४ विकेट क्षेतीमा १०३ रन बनाएको थियो।

वेस्टर्न क्रिस्टलको लागि ओपनर आरेश बोहराले सर्वाधिक ३७ रन बनाए जुन क्रममा उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै चौंथो नम्बरमा ब्याटिंग गरेका दिपक कुडमालले मात्र १३ बलमा २ चौका र ३ छक्का मद्दतले ३३ रन बनाए। शंकर बोहराले ११ रन बनाए। बिद्या भुषणका रोशन विकले २ तथा बिबेक दुवाल र नबिन शाहले १/१ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी शंकर बोहरा घोषित भए। बोहराले सेमीफाइनलमा ब्राइटवे पब्लिक स्कुल विरुद्ध शतक बनाएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु