दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा कोशि प्रदेश समिति गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २० गते, आईतवार ६:२५

काठमाडौं ।फुटबलर्स मिसन टुगेदरको देशभर नै संगठन विस्तार गर्ने योजना अनुरुप पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा कोशि प्रदेश समिति गठन गरेको छ । उपाध्यक्षमा ईन्दु रसाईली, संगिता राउत र पारस चौधरी रहेका छन् । महासचिव मधुसुदन खनाल र कोषाध्यक्ष कुमार महर्जन चयन भएका छन् भने सदस्यहरु दिपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश वस्नेत, दर्शनराज लवट श्रेष्ठ र सुरेन्द्र तामाङ्ग रहेका छन् ।
आज विराटनगरको सप्तकोशीपार्टि प्यालेसमा फुटबलर मिसन टुगेदरका अध्यक्ष अशोक वज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन्फाका पूर्व केन्द्रीय सदस्य वसन्त अर्याल, कोशि प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई सहित सफल कार्यकालका लागि शुभ कामना दिनु भएको थियो ।
प्रमुख अतिथीको रुपमा मन्तव्य राख्दै कोशि प्रदेश वोर्डका सदस्य सचिव पर्शुराम वस्नेतले नेपालको खेलकुद क्षेत्रमा भेट्रान खेलाडीहरुको योगदान विशिष्ट रहेको हुदा उहांहरुसंग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु गर्ने वताउनु भयो भने विशिष्ट अतिथी राजेन्द्र राउतले नयां कार्यसमितिलाई वधाई दिदै आफुबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मिसन टुगेदरका अध्यक्ष अशोक रत्न वज्राचार्यले नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गुर्न भएको कार्यक्रममा सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, विराट गोल्ड कप ट्रष्टका अध्यक्ष किशोर वहादुर शाही, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष वानिया लगायत टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, एन्फा उपाध्यक्ष तथा एफएमटिका सहकोषाध्यक्ष विराट जंग शाही र प्रमुख कार्यकारि अधिकृत मधुसुदन उपाध्याय लगायत कोशी प्रदेशका खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु