दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २० गते, आईतवार १७:२१

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। उहाँले नेपाली उत्पादक तथा किसानहरूले उत्पादन गरेका ब्रान्डहरूको प्रवर्द्धनमा यस्ता एक्स्पोहरू प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो।

चेम्बर एक्स्पो अवलोकन गर्ने क्रममा मन्त्री भण्डारीले नेपाल सरकार र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र सुदृढ बनाउन यस्ता मेलाहरू अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। साथै, नेपालमा सूचना प्रविधि (आईटी) सम्बन्धी नयाँ कानुनले नेपाली आईटी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत गर्ने बताउनुभयो।

कार्यक्रममा मन्त्री भण्डारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरू उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र कुमार​ श्रेष्ठ, लगायतले स्वागत गरेका थिए। अवलोकनका क्रममा मन्त्री भण्डारीले उद्योगी व्यवसायीहरूलाई हौसला प्रदान गर्दै उत्पादन र व्यापारको प्रवर्द्धनमा सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु