उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

बिपिनको शब्द र डेकेन्द्रको संगीतमा ‘सुन्दर तिम्रो’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २१ गते, सोमबार २०:२३

काठमाडौं – युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। “डेकेन्द्र प्रडक्शन” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत, र डिकेको सुमधुर स्वर रहेको छ।

एबिस फिल्म्सको उत्कृष्ट छायाँकन रहेको भिडियोलाई अभिष थापाको निर्देशनमा तयार पारिएको हो। भिडियो म्याग्दीको बेनी बजार वरपर छायाँकन गरिएको हो। म्याग्दीको बेनी बजार, प्राकृतिक सुन्दरताका साथै सांस्कृतिक समृद्धिका कारण प्रसिद्ध छ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित यो सहर, केवल भौगोलिक सौन्दर्यमा मात्र नभई, कला र संगीतको उर्वरभूमिका रूपमा पनि परिचित छ। भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवन्त बनाएको छ। निर्माण टिमले भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु