उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २१ गते, सोमबार २०:२७

धरान – याक्सिगुम मिडिया प्रा.लि.को ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।

गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ कृष्ण् लिंखा (राई)को निर्देशन रहेको छ । सह–निर्माताहरुमा खगेन सिं सोम्याहाङ्ग, वालगोपाल सोम्याहाङ्ग, सुजता जिमी र देवी याक्खा रहेका छन् ।

भिडियोमा अजय जिमी, गोकुल सोम्याहाङ्ग, हिरा सोम्याहाङ्ग, बिमला जिमी, सरिता जिमी, सरिता जिमी, राजकुमारी कोङ्रेन, सञ्जिता जिमी, रमेश लिम्बुखिम, गजेन्द्र पुपाङ्गु, मिजन सोम्याहाङ्ग, सविता जिमी लगायतको अभिनय तथा प्रस्तुति रहेको छ । मनु नेम्वाङ र शिव सम्बाहाम्फेले हाक्पारेमा स्वर दिएका छन् भने लय संकलन अजय जिमी याक्खाको रहेको छ ।

याक्खा जातिको मुख्य बसोवास रहेको क्षेत्र संखुवासभाको आँखीभुईंमा भिडियोको छायाँकन गरिएको हो । भिडियोलाई याक्सिगुम मिडियाको अफिसियल युट्युब च्यानल ‘@ourdokeni’मार्फत सार्वजनिक गरिएको छ ।

याक्खा जातिमा प्रचलित हाक्पारे एक मौलिक गायनशैली हो । यसमा खासगरी मुन्थुमका साथै संस्कार–परम्परा, जीवन–जगत र मानव जीवनका विविध पक्षबारे व्याख्या हुन्छ । हाक्पारेको माध्यमबाट आपसमा दुखसुखसमेत साटासाट गर्ने गरिन्छ । गीत र भिडियो निर्माणले प्रचलन कम हुँदै गएको हाक्पारेलाई जगेर्ना तथा दस्तावेजीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने याक्खा समुदायका अग्रजहरुले बताएका छन् ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु