उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

पारा एथलेटिक्स टोली दुबइ जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २२ गते, मंगलवार १७:४५

काठमाडौं, माघ २२ गते । दुबइ २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबइ प्रस्थान गर्ने भएको छ ।
फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नवराज कार्कीले पुरुष ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्वेले महिला २ सय÷४ सय मिटर दौड र लङजम्पमा सहभागी हुने छन् ।
यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमाका लागि खेलाडी छनोट गरिने बताइएको छ ।
टिम व्यवस्थापकमा साङबु भोटे, प्रशिक्षकमा ओलम्पियन विमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् । टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु