उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

हिमालयन ‘ए’ ले जित्यो केसीए क्रिकेटको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २२ गते, मंगलवार १७:५३

काठमाडौँ । हिमालयन क्रिकेट एकेडेमीले केसीए यु- १४ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

सोमबार भएको फाइनल खेलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराउँदै उपाधि जितेको हो।

हिमालयनले दिएको ९७ रनको लक्ष्य पछ्याएको ओएसिसले १७‍.५ ओभरमका सबै विकेट गुमाएर ३६ रन मात्रै बनाउन सक्यो।

उसका लागि गञ्चाङ मिश्र र आरोन जङ्ग गिरिले समान ११ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनका लागि तपेन्द्र विष्टले २६ रन बनाउँदा सुलभ न्यौपानेले १५ रनको योग्दान दिए।

उपाधिसँगै हिमालयनले ५० हजारसहित ट्रफी मेडल पायो भने उपविजेता ओएिससले ३० हजार पायो।

यस्तै, प्रतियोगिताको सर्वाधिक १० विकेट लिएका हिमालयन ए का सौगात धामी वेस्ट बलर घोषित भए भने वेस्ट ब्याटर केबीन दैलिएल र प्लेयर अफ द सिरिज हिमालयन ए जयन्द्र विष्ट घोषित भए। यी तीनै विधाका खेलाडीहरु समान ५ हजार पाए।

यस्तै, फाइनल तथा समापन खेलमा नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथि र उपाध्यक्ष रोशनकुमार सिंहले काठमाडौं क्रिकेट एकेडेमीको उद्घाटन गरेका थिए भने भंगाल नगरपालिकाका मेयर संजिव शाह नेपाली राष्ट्रिय टिमका सदस्य आसिफ शेख लगायतका अतिथिको उपस्थित थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु