उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

एक्सेल्सियर कप भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २२ गते, मंगलवार १८:०२

द एक्सेल्सियर स्कुलको आयोजनामा ११ औं एक्सेल्सियर कप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा फाइभ ए साइड फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
ब्वाइज फुटसलमा विभिन्न ४ उमेरसमूहमा खेल हुनेछ । बास्केटबलमा २ विधामा प्रतिस्पर्धा हुनेछ । फुटसलको यु–९ मा ९, यु–११ मा १४, यु–१४ मा १२ र यु–१६ मा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ टिमले सहभागिता जनाउने बास्केटबल प्रशिक्षा आशिष महर्जन जानकारी दिए ।
ग्रास रुटदेखि भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले यु–९ उमेरसमूहको फुटसल पहिलोपटक समावेश गरिएको एक्सेल्सियरका खेलकुद विभाग प्रमुख महेश मल्ल ठकुरीले बताए ।
आायेजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुनेछ । खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु