उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

फेरिल्यान्ड र बीएनएको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २२ गते, मंगलवार १८:०५

आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा मंगलबार विजयी सुरुआत गरेका छन् ।
कपनस्थित घरेलु कोर्टमा फेरिल्यान्डले लोयल्टी एकेडेमीलाई ३१–१८ ले पराजित ग¥यो । फेरिल्यान्डको जितमा करुणा बोगटीले ८ अंक योगदान गरिन् । डेनिशा जिसी र पासाङ शेर्पाको समान ६–६ अंक सहयोगमा बीएनएले मन्जरीलाई २६–२२ ले हरायो ।
जुनियर गल्र्समै सेन्ट जोसेफले पिक प्वाइन्टलाई २२–१७ तथा एनसीसीएसले ब्रेनल्यान्डलाई ३०–२१ ले पाखा लगाए । सेन्ट जोसेफकी तुलसा विष्टले ६ तथा एनसीसीएसकी याङजुम शेर्पाले १२ स्कोर गरे ।
जुनियर ब्वाइजमा फेरिल्यान्डले पिक प्वाइन्टलाई ३४–२७, सेन्ट जोसेफले रिलायन्स को–एडलाई ३०–२२, किङडम हिमालयनले मन्जरीलाई ५२–३२ र न्युटनले फ्युजन एकेडेमीलाई ३४–१९ ले पन्छाए । फेरिल्यान्डका मिङमार तामाङले १२, सेन्ट जोसेफका सविन मगरले १०, किङडमका विकास लामाले ८ र न्युटनका आर्यन विकले २२ अंक बटुले ।
प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता एवं वडा १० का अध्यक्ष नवराज भट्टराई र फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । फाइनल आइतबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु