दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खेलाडी, प्रशिक्षक र निर्णायकलाई वडा २६ को सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २४ गते, बिहीबार ४:४६

काठमाडौं महानगरपालिका वडा २६ ले विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगितामा पदक जित्न सफल वडा २६ का खेलाडी, प्रशिक्षक र निर्णायकलाई बुधबार सम्मान गरेको छ ।
लैनचौरमा भएको कार्यक्रममा टेबलटेनिसका चन्दन शाहीलाई र आर्यन शाहीलाई समान १५–१५ हजार, नन्दु शाही, एड्रेन शाही र सम्भवराज पन्तलाई समान ५–५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो । अनिता महर्जन र हरिकृष्ण श्रेष्ठ पनि सम्मानित भए ।
भेट्रान बास्केटबल टोलीका विजेता शैलेशकुमार श्रेष्ठ, राजेश मास्के, विपेन्द्र महर्जन, कर्मा गुरुङ, शान्तारत्न महर्जन, अनिल महर्जन, शैलेन्द्र नकर्मी, सरोज श्रेष्ठ, विपिन कपाली, सन्जिवमान प्रधान, प्रशान्त ताम्राकार र फिरोज प्रधानलाई प्रशंसा पत्रसहित सम्मान गरियो ।
तेक्वान्दो खेलाडी सिजन श्रेष्ठ, दिया रजक, स्वीकार रजक, नारायण बोगटी र प्रशंसा रजक सम्मानित भए । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक रमिला खत्री र गौरव रजक, टेबलटेनिस प्रशिक्षक सुरजध्वज केसी, तेक्वान्दो प्रशिक्षक नारायण पन्त, अनिल रजक र मिलन मगर तथा बास्केटबल प्रशिक्षक फणिन्द्रमान श्रेष्ठ र अन्जिरमान प्रधान सम्मानित भए ।
सोही अवसरमा १३ दिनमा ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्न सफल पूर्णिमा श्रेष्ठलाई पनि २५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । उनीहरुलाई वडा २६ का अध्यक्ष ख्यामराज तिवारीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु