दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय अन्तरविद्यालय स्केट शनिबार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २४ गते, बिहीबार ४:४९

ज्ञान संस्कार इन्टरनेसनल स्कुल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको संयुक्त आयोजनामा दोश्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । यु–६, ६–८ वर्ष, ८–१० वर्ष, १०–१२ वर्ष, १२–१४ वर्ष र १४–१६ वर्ष छात्र÷छात्रामा १२ स्पर्धामा खेल हुनेछ ।
प्रधानाध्यापक निलमले नेपालमा पनि युवाहरु मझ स्केटिङ खेल लोकप्रिय बन्दै गएको बताउदै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । प्रधानाध्यापक निलमले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर प्रदान गर्ने बताइन् ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता आयोजना गर्न संघले ज्ञान संस्कारसंग ५ वर्षको सम्झौता गरेको बताउदै विद्यालयस्तरका प्रतियोगिताबाट नै राष्ट्रिय खेलाडी उत्पादन गर्न संघले विशेष ध्यान दिइरहेको बताए । एकदिने प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजक ज्ञान संस्कारको हातामा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु