न्यूयोर्क – यात्रा ग्रुप र ग्यास्ट्रोनोमी टुरिजम एशोसियसन अफ नेपालको (खाना पर्यटन संघ) आयोजना तथा नेपाल पर्यटन बोडको सहकार्यमा ‘एभरेस्ट बेस क्याम्प ट्रेक,माउन्ट एभरेष्ट ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ तथा सेभेन समिट अल्पाइन फुड फेस्टिवल को हुने भएको छ
यो विशेष यात्रा खुंबु उपत्यकाबाट हुँदै एभरेस्ट बेस क्याम्पसम्म पुर्याउँछ, जहाँ विश्वप्रसिद्ध सेफहरूले उच्च उचाइमा विशेष खाना तयार गर्नेछन्। सहभागिहरूले हिमालयको सुन्दर दृश्य, शेर्पा संस्कृतिको अनुभव र अद्वितीय पाककला चुनौतीको मज्जा लिन सक्नेछन्।
कार्यक्रम १९ अप्रिल २०२५ मा काठमाडौंमा नेपाली खाना स्वाद महोत्सव द्वारा सुरु हुनेछ, जसमा ३५+ देशका सेफहरू सहभागी हुनेछन्। २० अप्रिलमा नेपाल पर्यटन बोर्ड हलमा स्वागत तथा सम्मान समारोह आयोजना गरिनेछ। २१ अप्रिलमा ट्रेक सुरु हुनेछ।
सुरक्षा हाम्रो प्राथमिकता हो। अनुभवी गाइड, पोर्टर, र चिकित्सा टोलीले सम्पूर्ण यात्रामा साथ दिनेछन्।