साउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २५ गते, शुक्रबार १९:२१

काठमाडौँ, माघ २५ गते बसुुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजले आयोजना गरेको दुइ दिने विज्ञान प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको एक समारोहबिच समापन गरिएको हो ।
विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औं संस्करण हो ।


प्रदर्शनीको समापान समारोहलाई सम्बोधन गर्दै कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले विद्यार्थीले कक्षामा सिकेका ज्ञानलाई एक अर्काबीच साटासाट गर्न प्रदर्शनी निकै फलदायी भएको बताउनुभयो । शैक्षिक संस्थाहरुले प्रदान गर्ने ज्ञान र व्यवहारिक, जीवनमुखी तथा अनुसन्धानमुखी हुनुपर्ने बताउँदै सहायक प्रचार्य केसीले भन्नुभयो, ‘ विद्यार्थीले हाँसिल गर्ने सिप उत्पादन र बजारसँग मेल खानुपर्छ । यस्तो शिक्षा साउथवेस्टर्न कलेजले प्रदान गर्दै आएको छ ।’

विज्ञान प्रदर्शनीमा नीजिसहित सामुदायिक विद्यालय तथा क्याम्पसको समेत सहभागिता रहेको केसीले जानकारी दिनुभयो । राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको अहिलेको अवस्थामा शैक्षिक संस्थाहरुले यस्ता प्रदर्शनी आयोजना गरेर सरकारलाई गुन लगाएको कलेजका अध्यक्ष इन्जिनियर बासुदेव विष्टले बताउनुभयो ।
विद्यार्थीले सैद्धान्तिक रुपमा जानेको ज्ञान र सिपलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन यस्ता प्रदर्शनीले मद्दत पु¥याउने अपेक्षा गरिएको छ । प्रदर्शनीमा करिव २० हजार जनाले अवलोकन गरेको कलेजले जनाएको छ ।

प्रदर्शनीको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो ।
साउथवेस्टर्न स्टेट कलेज टोखा नगरपालिकाको गौरव र अग्रणी शैक्षिक संस्थाको रुपमा चिनिन्छ । नीजि शैक्षिक संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति साउथवेस्टर्न स्टेट कलेज तथा स्कुलले पुर्ण रुपमा उपलब्ध गराइरहेको क्याम्पसले जनाएको छ ।
कलेजका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सरिता शाक्य प्रधानका अनुसार प्रदर्शनीसँगै निःशुल्क दन्त तथा अन्य स्वास्थ्य परीक्षण, रक्तदान, सोलार अवलोकन, सांगितिक कार्यक्रम लगायतका प्रस्तुती रहेको थियो ।

प्रदर्शनीमा नीजि तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीको तर्फबाट ६० वटा भन्दा बढी स्टलहरु राखिएको थियो ।
२०६७ सालमा स्थापना भएको यस कलेज हाल साउथवेस्टर्न समुह अन्तर्गत सञ्चालित छ । यस समुह अन्तर्गत साउथवेस्टर्न स्टेट कलेज, साउथवेस्टर्न स्कुल, साउथवेस्टर्न सेकेण्डरी स्कुल, साउथवेस्टर्न सेन्टर फर रिसर्च एण्ड पिएचडी स्टडिज, साउथवेस्टर्न बिज्नेस कलेज, साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टर लगायतका शैक्षिक संस्थाहरु सञ्चालनमा छ । यि संस्थामार्फत हाल प्ले ग्रुपदेखि पिएचडीसम्मको अध्ययन भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु