खेलाडीलाई उत्प्रेरणात्मक कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २६ गते, शनिबार ०६:४१

काठमाडौं, माघ २५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको आयोजनामा मिसन– २०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडीलाई लक्षित गरिएको उत्प्रेरणात्मक कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।
कार्यक्रममा विभिन्न ९ खेलका १ सय ४ खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेतले जनाएका छन् । सहभागीलाई ३२ जना, ३८ जना र ३४ जना गरी तीन समूहमा विभाजन गरी कक्षा सञ्चालन गरिएको छ ।
सहभागीलाई हिमालराज दाहालले स्पोर्ट्स म्यान लाइफ, नवराज कँडेलले एप्रिसिएटिभ इन्जुरी, डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सन र लक्ष्मण अधिकारीले फिजियोथेरापी सम्बन्धी ज्ञान दिने छन् । विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकको स्वास्थ्य परीक्षण बिहीबार सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु