स्किब्सका राज र हर्षदालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २६ गते, शनिबार ०६:४६

स्किब्सकाद्वय राज खप्तर्या र हर्षदा थारुले दोश्रो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार स्वर्ण जितेका छन् ।
न्यु सरस्वती तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा राजले पुरुष ५८ केजीमुनि तथा हर्षदाले महिला ४२ केजीमुनि स्वर्ण जिते ।
प्रतियोगिताको पुरुष ३० केजीमुनि सरस्वतीका उत्सव पोखरेल, ३९ केजीमुनि सुप्रिमका थुप्तेन योञ्जन, ३६ केजीमुनि न्यु होलीका जिसम मोते, ३२ केजीमुनि न्यु होलीका सौरभ खड्का र ४२ केजीमुनि गुडडेका अस्विन माझीले स्वर्ण जिते ।
महिला ४६ केजीमुनि अराभाकी सारदा तामाङ, ५४ केजीमुनि पुल्चौकीकी रितु सुनुवार, ५० केजीमुनि पुल्चौकीकी श्रृष्टि चौधरी, ५८ केजीमुनि सरस्वतीकी बन्दना श्रेष्ठ र ६१ केजीमुनि रोलिङकी स्मृति गहत पहिलो भए ।
क्षेत्रपाटीमा भइरहेको प्रतियोगितामा ८–१३ वर्ष एकल पुम्सेको पुरुषमा आदर्शका राजीव रजक र महिलामा न्यु होलीकी यक्ष रहरी तथा १३–१५ वर्ष एकल पुम्सेको पुरुषमा सरस्वतीका समन भण्डारी र महिलामा सरस्वतीकी आयुशा चौधरीले शीर्ष स्थान हात पारे ।
प्रतियोगितामा ४४ टिमका ४ सय ९० खेलाडीको सहभागिता रहेको आयोजक समितिका रन्जितबहादुर डंगौराले जनाएका छन् । अफिसियलमा २८ सहित जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा भइहरेको छ । अफिसियल स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु