दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पूर्णशंकरलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २६ गते, शनिबार ६:५५

गोड स्पिन टेबलटेनिस क्लबका पूर्णशंकर श्रेष्ठले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
खोल्चा पुखु खेलकुद समितिको आयोजनामा शंखमूलस्थित इलेभन स्टार क्लबमा भएको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा पूर्णशंकरले सेहोपीका राजन सुब्बालाई ११–६, १०–१२, ११–९, ५–११ र १२–१० को सेटमा पराजित गरे । सीवाईसीकाद्वय आनन्द धाक्वा र रोशन प्रधान संयुक्त रुपमा तेश्रो भए ।
ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजना तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा भइरहेको प्रतियोगितामा विभिन्न ६ स्पर्धामा १ सय ५० खेलाडी सहभागी छन् ।
प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु