दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संयोग र इभानालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २८ गते, सोमबार ४:०१

नेपाल प्रहरीका संयोग कपाली र एभीएमकी इभाना थापा मगरले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा संयोग र महिलामा इभाना पहिलो भएका हुन् ।
खोल्चा पुखु खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा संयोगले एभीएमका सुजन गडाललाई ७–११, ११–४, ११–८, १०–१२ र ११–६ को सेटमा पराजित गरे ।
ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजन तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा भएको प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा इभानाले एभीएमकै वियंका राईलाई १०–१२, ११–८, १२–१० र ११–७ को सेटमा हराइन् ।
शंखमूलस्थित इलेभन स्टार क्लबमा प्रतियोगितामा जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि पुरुष भेट्रान सिंगल्सको ६० वर्षमाथि पूर्णशंकर श्रेष्ठ, ५० वर्षमाथि इखाछेंका राजेन्द्र वज्राचार्य र ४० वर्षमाथि काठमाडौंका उमेश मानन्धरले पहिलो स्थान हात पारे । वडा ११ को यु–१६ मा सोयम महर्जन पहिलो भए ।
प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पारे । बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाए ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, मुख्य प्रायोजक वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु