मायाको यो सुनौलो यात्रामा अगाडि बढी रहे
तिमी साथमा हुँदाको समय सम्झनामा राखे
कतै केही खबर आउँछ कि पर्खिरहे
प्रतीक्षा गरेर धेरै बेर सम्म बसिरहे
मिठा मिठा सपनाहरू देखेको पनि छु
आखामा हेर्दा सपनामा भुलेको छु
वाचा हाम्रो एक अटुट बन्धन रहेछ
तिमितिर हेर्छु मैले तिम्रै विश्वास छ
मनै बाट मायालाई आशा गरेको छु
म तिम्रै लागि जन्मेको रहेछु
तिमिलाई माया गरेपछी धेरै कुरा थाहा पाए
तिम्रै सम्झनामा जिन्दगी यो बिताए
लेखक : गोबिन्द राज ओझा (राजन )