दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टाइम्सलाई थ्री बाई थ्री बास्केटबलको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १ गते, बिहीबार ६:०८

काठमाडौं । टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा टाइन्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै लगातार दोस्रो पटक उपाधि जित्यो ।

नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा सम्पन्न दोस्रो संस्करणमा टाइम्स ‘ए’ का सदिस प्रधान सर्वाेत्कृष्ट खेलाडी घोषित भए । पहिलो सेमिफाइनलमा राइभल इन्डियालाई टाइम्स ‘ए’ ले २१–१३ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा राइभल पाकिस्तानले आर्मी ‘बी’ लाई २१–१८ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

यसअघि क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरेका थिए ।

प्रतियोगितामा नेपालबाट २४, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी सहभागी थिए । विजेतालाई प्रमुख अतिथि नेपालका लागि कतारी राजदूत मिसाल विन मोहम्मद अल अन्सारी, विशेष अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, महासचिव नरेन्द्र थापा, थ्री बाई थ्रीका कोर्डिनेर शरद विष्ट, म्यानेजमेन्ट जिम्मेवार पाएको आइडिया पिक्सेसका प्रतिनिधि पवनराज जोशी र बास्केटबलको आधिकारिक पोशाक वितरक लिनिङ्कका संस्थापक राजेन महर्जनले पुरस्कृत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु