सेन्ट जर्ज स्कुलको अभिभावक दिवसमा मोही वितरण “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते, शनिबार १३:४८

नेपाल डेरी एसोसिएसनले डेड वर्ष अगाडिबाट शुरु गरेको मोही अभियान अहिले स्कुलको अभिभावक दिवसमा समेत वितरण गर्न थालिएको छ । पछिल्लो समय विवाहको भोज, अन्य शुभ कार्य होस् वा होटल, रेस्टुरेन्ट र क्यान्टिनमा समेत मोही पाइने गरेको छ ।

फागुन ३ गते काठमाडौं – ५, हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलको अभिभावक दिवसको दिन ओखलढुंगे डेरी उद्योग बालकोटद्वारा झन्डै ६ सयजनालाई मोही वितरण गरेको कुरा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष एवं ओखलढुंगे डेरी उद्योगका संचालक दिप प्रसाद धमलाले जानकारी गराए । यसरी मोही अभियानलाई व्यापक गर्दै जाँदा देशको ठूलो धन रासी विभिन्न चिसो पेय पदार्थको बाहानामा बाहिरिनबाट रोक्न अहम भुमिका खेल्ने गरेको कुरा अभियान्ता धमलाको बुझाइ रहेकोछ। अन्य पेय पदार्थभन्दा मोही सेवन गराउन बानी पार्ने हिसाबले गरेको यो मोही अभियानको सम्पूर्ण अभिभावकले प्रशंसा गरेको कुरा विद्यालयका प्र.अ मेघराज बजगाईंले बताए।

नेपाल डेरी एसोसिएसनले सातवटा प्रदेश, २३ वटा जिल्ला र सातवटा स्थानीय तहमा आफ्नो संगठन विस्तार गरेको छ। एसोसिएसनले आफ्ना मातहतका जिल्ला कमिटी, प्रदेश कमिटी र स्थानीय तहलाई समयसमयमा विद्यालय, आश्रम, हस्पिटल लगायतका स्थानमा दूध तथा दुग्ध पदार्थको बारेमा जानकारी गराउँदै खपत बढाउनको लागि विभिन्न गतिविधिहरु गर्दै समय समयमा मोही, दुध तथा दुग्ध पदार्थ पनि वितरण गरिरहेको हुन्छ। नेपाल डेरी एसोसिएसनले पछिल्लो समय देशमा दूध तथा दुग्ध पदार्थको खपत कम भई स्टक रहन गएकोमा स्वदेशी उत्पादन लाई प्राथमिकता दिनको लागि देशभर मोही अभियान चलाएको छ । त्यसबाट प्रभावित भैइ अहिले एक दर्जनभन्दा बढी डेरी उद्योगले मोहीलाई ब्राण्डिङ गरि बजारमा ल्याएका छन् ।

एसोसिएसनले कोसेलीको रुपमा दुग्ध पदार्थ प्रयोगमा ल्याउन आम उपभोक्तालाई अनुरोध गरि प्रेस विज्ञप्ति निकालेको, आफ्ना कार्यक्रमहरुमा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दा घ्यु , पुष्टकारी, खुवा, गुदपाक आदि दिने गरेको कुरा एसोसिएसनका बागमती प्रदेश प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी गराए । एसोसिएसनका यस्ता गतिविधिले स्वदेशी उत्पादन खपतमा धेरै नै उत्साह थपिएको एसोसिएसनका केन्द्रिय सह-कोषाध्यक्ष रामभक्त दाहालले बताए । देशै भरिका सदस्यहरुले दुध तथा दुग्ध पदार्थ खपतका लागि केहि न केहि गतिविधि गरिरहेकाले स्वदेशी खपतमा धेरै नै सहयोग पुगेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु