काठमाडौं । नेपाल शिन क्योकुशिन कराँते संघ शाखा डोजो चन्द्रागिरीले आयोजना गरेको बेल्ट टेस्ट सम्पन्न भएको छ। चन्द्रागिरी १४ स्थित श्री मंगल मा.वि. को प्राङ्गणमा सो कार्यक्रम संचालन गरिएको थियो।
शिन क्योकुशिन चन्द्रागिरी शाखाका अध्यक्ष सुर्य कुमार कार्कीको संयोजकत्वमा संचालन गरिएको उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. १४ का अध्यक्ष राजभाई महर्जन प्रमुख अतिथि रहेका थिए।
नेपाल शिन क्योकुशिन कराँते संघका नेपाल प्रमुख सुर्य बहादुर बुढाथोकी र चन्द्रागिरी नगरपालिका वडा नं. १५ का पुर्व वडा अध्यक्ष
उत्तम राउत विशेष अतिथि रहेका थिए।
अतिथिहरुमा समाजसेवी तथा शाखा डोजोका सल्लाहकारहरु उदय भण्डारी र ईश्वर पौड्याल, उपाध्यक्ष निरज कार्की, कोषाध्यक्ष अश्विन कुमार कार्की र श्री मंगल मा.वि. का प्रधानाध्यापक कृष्ण हरि कार्की रहेका थिए। उक्त बेल्ट टेस्ट कार्यक्रममा खेलाडीका अभिभावकहरु पनि उपस्थित भएका थिए।
बेल्ट टेस्ट सम्पन्न भएपश्चात खेलाडीहरुले क्रमशः ब्राउन, ग्रीन, एल्लो, ब्लु र ओरेन्ज बेल्ट प्राप्त गरेका छन्।