तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सन्जेश र आर्सियालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते, आईतवार ६:०९

सन्जेश तामाङ र अर्सिया खड्काले नवौं राष्ट्रिय पुरुष÷महिला खुला फुल कन्ट्याक्ट अतेमी क्योकुशिन कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
पुरुष खुला तौलसमूहको फाइनलमा सन्जेशले हर्ष गुप्तालाई पराजित गरे । सनम कार्की तेश्रो बने । नेपाल अटेमी क्योकुसिन कराते संघको आयोजनामा नेपालटारमा भएको प्रतियोगिताको महिला खुला तौलसमूहको फाइनलमा अर्सियाले एन्जिला आचार्यलाई हराइन् । पायल मगर तेश्रो भइन् ।
प्रतियोगिताको पुरुष २५ केजीमा रिवाज घले, ३० केजीमा आर्यन दनुवार, ३५ केजीमा अंशकुमार रौनियार, ४० केजीमा सुमनकुमार दास, ४५ केजीमा सागरकुमार दास र ५५ केजीमा नवराज गिरी पहिलो भए ।
महिला २५ केजीमा आरोही रावत, ३० केजीमा अनुष्का कार्की, ४० केजीमा सोस्मोटीकुमार मण्डल, ४५ केजीमा सोनिया राई र ५० केजीमा एस्थरमाया बयल्कोटीले स्वर्ण जिते ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । एकदिने प्रतियोगितामा विभिन्न १५ स्पर्धामा १ सय ३३ खेलाडी सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु