इन्डोनेसियाको वालीमा विजनेश पार्टनर मिटअप–२०२५ आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते, आईतवार २०:४९

काठमाडौँ, ४ फागुन । सौर्य उर्जा र व्याक अप प्रणालीको नयाँ प्रविधिको बारेमा व्यवसायीलाई जानकारी गराउन इन्डोनेसियाको वालीमा विजनेश पार्टनर मिटअप–२०२५ आयोजना गरिएको छ ।

जेनश इनोभेसन लिमिटेड भारत र ¥यापिड गुप्र प्रालि तथा टिम्स सिनर्जी प्रालि नेपालको संयुक्त आयोजनामा फ्रेबुवरी १३ देखि १९ सम्म उक्त मिटअप आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै सौर्य व्यवसायी दिपक गौतमले यस्ता कार्यक्रमले सौर्य उर्जा र व्याक अप प्रणालीको नयाँ प्रविधिबारे व्यवसायीलाई नयाँ ज्ञान प्राप्त भएको बताउनुभयो । नेपालभरका व्यवसायीलाई यस्ता कार्यक्रमले व्यवसायप्रति थप उत्साह थपेको उहाँको भनाई थियो ।

सौर्य व्यवसायी गौतमले व्यवसायका सिलसिलामा व्यवसायीले भोग्नुपरेका समस्या र गुनासोलाई यस्ता कार्यक्रमले सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा भारतको जेनश कम्पनीबाट अनुप श्रीवास्तव र प्रमोद दुवेका साथै नेपालको ¥यापिड गुप्र प्रालि र टिम्स सिनर्जी प्रालिको तर्फबाट गणेश पौडेल, नेत्र खत्री, राजु दाहाल, रन्जीव दाहाल र बुद्धिराज तिमल्सिनाको सहभागीता रहेको थियो ।

एक हप्तासम्म चल्ने उक्त कार्यक्रममा नेपालबाट ३४ सौर्य व्यवसायीहरुको सहभागीता रहेको थियो भने भारतको जेनस कम्पनीका प्रतिनिधीको समेत सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई मायाको चिनो तथा सम्मानपत्रबाट सम्मानित गरिएको ¥यापिड गुप्र प्रालिका सञ्चालक गणेश पौडेलले जानकारी दिनुभयो । उक्त कार्यक्रम नेत्र खत्रीले सञ्चालन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु