दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राजेन्द्र, मुकेश र अनितालाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते, सोमबार ६:३५

काठमाडौं, फागुन ४ गते । राजेन्द्र वज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
टिम इभेन्टको स्पर्धामा मात्र प्रतिस्पर्धा भएको प्रतियोगिताको फाइनलमा राजेन्द्र, मुकेश र अनिताको टोलीले रविन्द्र शाक्य, हरिप्रसाद खरेल र राम महर्जन सम्मिलित टोलीलाई २–१ ले पराजित गरे ।
इन्टरटेन्मेन्ट टेबलटेनिस टुर्नामेन्ट, ललितपुरद्वारा आयोजित प्रतियोगितामा किरण ब्यञ्जन्कार, डिकेन महर्जन र चिरीकाजी ब्यञ्जन्कार तेश्रो भए ।
पहिलो हुनेलाई थाइल्यान्डको ५ दिनको पूरा प्याकेज, दोश्रोलाई पोखराको ३ दिनको पूरा प्योकज र तेश्रोलाई होनर एक्स ५ मोबाइल पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
नख्खुस्थित बुल्स क्लबमा भएको एकदिने प्रतियोगितामा ४४ समूह १ सय ३२ खेलाडी सहभागी थिए । एक टिममा पुरुष÷महिला समावेश हुन पाउने गरी ३ खेलाडी राख्न पाउने प्रावधान थियो । टिममा ३ डबल्स खेल भएका थिए ।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक इन्टरटेन्मेन्टका अध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, अखिल नेपाल टेबलटेनिस संघका र महासचिव कुँवेर सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा आयोजक इन्टरटेन्मेन्टले १२ जना यु–१८ का खेलाडीलाई प्रोत्साहन स्वरुप करिब ८० हजार मुल्य बराबरको खेल सामाग्री प्रदान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु