कुस्ती टोली भारत प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते, मंगलवार ०५:१३

काठमाडौं, फागुन ५ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने आसन्न २० औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी सञ्चालन गरिहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ खेलाडीसहित ८ सदस्यीय नेपाली कुस्ती टोली सोमबार भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर प्रस्थान गरेको छ । तयारीलाई थप प्रभावकारी बनाउन टोली भारत गएको हो ।
टोलीमा समान ३–३ पुरुष÷महिला खेलाडी र २ प्रशिक्षक छन् । पुरुष खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव रहेका छन् । महिलामा सुशिला चन्द, मनीषा सिंह र हेमा भट्ट छन् । प्रशिक्षकमा कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसी र सहायक प्रशिक्षकमा सञ्जय यादव रहेका छन् ।
टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला र राखेपका सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले सोमबारै एक कार्यक्रमबीच त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरे ।
भारत बसाइका क्रममा टोलीले १५ दिन प्रशिक्षणका साथै भारतीय खेलाडीसंग मैत्रीपूर्ण खेल पनि खेल्ने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु