तेजुका कप खेल्न नेपाली टोली जापान जाँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते, मंगलवार ०५:१६

चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन २ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार जापान प्रस्थान गर्ने भएको छ ।
कातामा दावा शेर्पा र कुमुतेमा मनीष कार्कीले प्रतिस्पर्धा गर्ने छन् । फागुन ९ देखि १३ गतेसम्म हुने प्रतियोगिता जापानको सेन्डाइ र फुकुवोकामा हुनेछ । नेपालको खेल फुकुवोकामा हुनेछ ।
अफिसियलमा नेपाल क्योकुसिन कराते (ईको) संघका अध्यक्ष दमन बस्नेत र महासचिव संगीत बस्नेत तथा प्रशिक्षकमा रोशन कपाली छन् ।
अध्यक्ष बस्नेतले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिदै पूर्व उप्रधानमन्त्री कमल थापाले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु