रविना थापाको संयोजकत्वमा १०० सदस्य एनआरएनए केन्द्रिय विधान समिति गठनअन्तर–कलेज कुकिंङ कम्पिटिसन २०८२ हुदैसगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरणऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेटचैत्र २३ गते अप्टिकल व्यवसायीहरुको विशेष भेला हुनेगुणराजले अस्ट्रेलियाको लिजेन्ड्स एकेडेमीमा प्रशिक्षण दिनेतेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपालीअन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल पोखरामा हुने, विजेतालाई ४ लाख ४४ हजार पुरस्कारयामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”अब दाङबाट विभिन्न गन्तव्यका लक्जरी बसका टिकट बससेवामा

कर्णाली उत्सवमा बहस ः के अर्थतन्त्र आशालाग्दो छ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते, बुधबार ०६:१४

६ फागुन, सुर्खेत–सुर्खेतमा जारी छैटौं संस्करणको कर्णाली उत्सवमा मंगलबार आशालाग्दो अर्थतन्त्रबारे बहस भयो । बहसमा थिए, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, गोल्ड स्टारका कार्यकारी निर्देशक विदुषी राणा र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल । बहसको सहजीकरण गरिरहेका थिए, पत्रकार योगेश ढकालले ।
आर्थिक मामिलामन्त्री शाहले अर्थतन्त्रलाई स्थिर ल्याउनु मुख्य चुनौती रहेको बताए । प्रदेश सरकारले झ्यालबाट योजना आउने प्रवृत्तिलाई निरुत्साहित गर्न आर्थिक वित्तिय ऐन संसदमा पेश गरेको जनाए । ‘अहिले देशको परिस्थिति के भयो भने सबैभन्दा बढी बिजनेश दिने भनेको सरकार नै हो, उनले भने, सरकारको नजिकका मान्छे ठेक्का पट्टा गरेर सफल भइरहेका छन्, जो नजिक छैनन् उनीहरु समस्यामा छन्, व्यापारीहरु पनि व्यापारीकरण भन्दा राजनीतिमै छन् ।’
मन्त्री शाहले कर्णालीमा २२ हजार मेगावाट विद्युत् क्षमता रहेपनि उत्पादन र लगानी नभएको औंल्याए । कुनैपनि लगानीकर्ताले प्रदेशमा लगानी गर्न चाहन्छ भने प्रदेशले बाटो, बत्ती, पानीको व्यवस्थापन गरिदिने उनको भनाई छ । अर्का वक्ता लक्ष्मण कँडेलले सबल अर्थतन्त्रका लागि राज्यले धेरै काम गर्नुपर्ने धारणा राखे । ‘निजी क्षेत्रले नाफा कमाउन सकेमात्र राजस्व बढ्ने हो, तर हामी कहाँ निजी क्षेत्रलाई कमाउन आएका हुन भन्ने आरोप लगाइन्छ, उनले भने, निजी क्षेत्रले आफ्नो सबै भएका बैँकमा राखेर व्यापार, व्यवसाय गरिरहेको हुन्छन्, त्यसको संरक्षण गर्ने दायित्व सरकारको हो ।’
सरकारले हालै ल्याएको अध्यादेशबाट केही आशा पलाएको बताउँदै कँडेलले भने, ‘नेपालमा नीतिगत समस्याहरु धेरै छन् । अहिले बैँकदेखि इन्स्योरेन्समा लगानी गर्नेहरु एउटै घरानाका छन्, बैँकमा काम गर्नेहरु त्यहाँ बस्नुप¥यो, उद्योग क्षेत्रमा काम गर्नेहरु त्यहाँ नै बस्नुप¥यो ।’
निजी क्षेत्र नआएको भए लुम्बिनीमा २० वटासम्म सिमेन्ट उद्योग कसरी खुल्थे ? भन्दै निजी क्षेत्रलाई अपमान गर्न नहुने बताए । कर्णाली प्रदेशको आफ्नो उत्पादनमा जाने हो भने खानी, खनिज, हाइड्रोको क्षेत्रमा लगानी गर्न आग्रह गरे । गोल्ड स्टारका कार्यकारी निर्देशक विदुषी राणाले ५५ वर्षदेखि बजारमा टिकेको बताइन् । उनका अनुसार यसको सुरुवात १९७६ मा हात्तिछाप चप्पलबाट गरिएको थियो । त्यो बेला उद्योगीकरण भइसकेको थिएन् । त्यो बलियो पनि थियो । त्यसको १० वर्षपछि जुत्तामा लगानी गरौँ भनेर गोल्ड स्टार जुुत्ताको सुरुवात गरिएको हो । सामान इटालीबाट ल्याइएको हो । अहिले देशभर, भारतको युपीविहारमा ४० प्रतिशत, अस्टेलिया लगायतका अन्य देशहरुमा पनि गोल्डस्टार जान्छ । ३ हजारभन्दा बढी रोजगारी छ । त्यसमा महिला धेरै छ । काठमाडौँ, भैरहवामा कम्पनी छ ।
गोल्ड स्टार कम्पनीले राज्यबाट कुनै सहुलियत नलिएर जुत्ता बनाएर बजारमा पठाएपनि बिक्री हुने समस्या रहेको उनको भनाई छ । ‘जुत्ताचप्पल उद्योगमा ५० हजार बढीलाई रोजगारी दिइएको छ, तर भारतबाट चोरी पैठारीबाट जुत्ता आइरहेको छ । राज्यले हामीलाई कुनै संरक्षण गरेको छैन, उनले भनिन्, ‘हामीजस्तो व्यापारीहरुले पनि लोन लिन सक्ने अवस्था छैन, तिर्नसक्ने अवस्था नहुँदा बैँकमा लोन लिने मानिसहरुमा कमी आएको छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु