दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चैत्र २३ गते अप्टिकल व्यवसायीहरुको विशेष भेला हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २० गते, बुधबार ७:१४

काठमाडौं, १९ चैत । अप्टिकल व्यवसायी संघ नेपालले अप्टिकल व्यवसायीहरुको विशेष भेला आयोजना गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी चैत २३ गते चावहिलको स्मार्ट प्यालेसमा अप्टिकल व्यवसायीहरुको विशेष भेला आयोजना गरेको जानकारी गराइएको हो ।
भेलाले काठमाडौं र वरपरका अप्टिकल व्यवसायीहरू, आपूर्तिकर्ताहरु, र नेत्र–स्वास्थ्य विशेषज्ञहरुलाई एउटै मञ्चमा ल्याउने आयोजकको विश्वास रहेको छ ।
अप्टिकल व्यवसायी महासंघले नेपालको अप्टिकल उद्योगलाई व्यावसायिक रूपमा सुदृढ बनाउने, नवीनतम प्रविधि तथा उत्पादनहरूको प्रवद्र्धन गर्ने, र व्यवसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । भेलामा विशेषज्ञहरूले सेमिनार र कार्यशाला सञ्चालन गर्ने,सदस्यता प्रमाणपत्र वितरण गरिने, व्यापार रणनीति, ग्राहक सेवा, र बजार प्रवृत्तिहरूमा प्रशिक्षण दिइने बताइएको छ ।
त्यस्तै, भेलाबाट व्यावसायिक नेटवर्किङको अवसर र सहकार्य विस्तारको अपेक्षासमेत लिइएको छ । उत्पादन प्रदर्शनी र लाइभ डेमो, नवीनतम प्रविधि तथा उच्च गुणस्तरका उत्पादनहरूको प्रत्यक्ष अवलोकना, प्यानल छलफल, उद्योगका नीतिगत विषय, व्यवसायको दिगोपन, र भविष्यका अवसरहरूबारे अन्तरक्रियासमेत हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु