एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

अब दाङबाट विभिन्न गन्तव्यका लक्जरी बसका टिकट बससेवामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र १८ गते, सोमबार १६:४५

काठमाडौँ । अब दाङबाट संघीय राजधानी काठमाडौँसहित विभिन्न मुख्य गन्तव्यमा सार्वजनिक बसबाट यात्रा गर्नेहरूका लागि अनलाइनमार्फत नै टिकट काट्ने सुविधा उपलब्ध भएको छ ।
त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.द्वारा सञ्चालित लक्जरी बसहरूको टिकट घरमै बसेर अनलाइनमार्फत काट्न सकिने भएको हो । त्रिसिद्धेश्वरी बससेवामा आबद्ध भएसँगै यस कम्पनीका बसको टिकट बससेवामा उपलब्ध भएको हो ।
बससेवाले त्रिसिद्धेश्वरीका विभिन्न ६ वटा रुटमा चल्ने बसको टिकट आफ्नो अनलाइन प्लेटफर्ममार्फत काट्न सकिने जनाएको छ । दाङ—काठमाडौँ—दाङ, दाङ—पोखरा—दाङ, दाङ—दिल्ली, दाङ बुटवल, दाङ—वीरगन्ज र दाङ—प्युठान रुटको बस टिकट अब अनलाइमार्फत नै काट्न सकिने भएको हो ।
यो सेवाले यात्रुको समयसँगै टिकट शुल्कमा पनि बचत हुने बससेवाले जनाएको छ । बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । कम्पनीले संघीय राजधानीबाट देशका सयौँ गन्तव्यमा चल्ने सार्वजनिक यातायातको टिकट अनलाइनमार्फत उपलब्ध गराउँदै आएको छ ।
कसरी काट्ने टिकट ?
मोबाइल एप ‘बससेवामा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी त्रिसिद्धेश्वरीको बसको सिट बुक गर्न सकिन्छ । अथवा, वेबपोर्टलमार्फत कुनै ब्राउजरमा बससेवा डटकम ९दगककभधब।अयm० बाट पनि टिकट काट्न सकिन्छ । निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भक्तानी गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ । त्यसपछि प्राप्त हुने टिकट सुरक्षित राखेर त्यही देखाएर बसमा यात्रा गर्न सकिन्छ वा टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु