दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल पोखरामा हुने, विजेतालाई ४ लाख ४४ हजार पुरस्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र १९ गते, मंगलवार ६:३५

काठमाडौं । लयन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पहिलो लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल २०८२ साल बैशाख १८ देखि २२ गतेसम्म हुने जानकारी दिएको हो ।
प्रतियोगिता पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा खेलाइने डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताए । पहिलो पटक पोखराको उक्त हलमा भलिबल खेल खेलाउने लागिएको हो ।
प्रतियोगितामा तीन विभागीय सहित नेपालबाट ४ र दुई विदेशी गरी ६ टिमले भाग लिने अर्यालले जानकारी दिए । ‘नेपालबाट तीन विभागीय टोली र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तान भलिबल क्लब आउने पक्का भइसकेको छ । बाँकी एक टिमको लागि भारत र इरानका टोलीसँग सल्लाह भइरहेको छ ।’ अर्यालले भने ।
नेपालबाट नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने छन् । यस्तै, पाकिस्तान भलिबल क्लब, इस्लामवादले पनि सहभागिता जनाउने पक्का भइसकेको छ ।

यस्तै भारत र इरानमध्ये एक राष्ट्रको टिम आउने आयोजकले जनाएको छ ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागि हुने टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगितामा कूल ९ खेल हुनेछ ।
प्रतियोगितामा सहभागि विभाग बाहेकका टोलीले तीन विदेशी खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ ।
लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवर्द्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिइ । ‘हामी पहिलो पटक यो प्रतियोगिता आयोजना गर्दैछौँ । यसलाई भव्य रुपमा सफल पार्ने र आउने वर्षदेखि अझ व्यवस्थति ढंगले गर्ने योजना छ । साथै महिलाको पनि प्रतियोगिता गर्ने योजना छ ।’ अर्यालले भने ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ र गण्डकी प्रदेश खेलकुद परिषदको स्वीकृती, गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोग तथा पोखरा महानगरपालिका प्रवर्द्धन र गण्डकी प्रदेशको विशेष सहयोग रहने अर्यालले जानकारी दिए ।
यस्तै सहयोगी संस्थाहरुमा नेपाल पर्यटन बोर्ड, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा पर्यटन परिषद (पोखरा), कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला भलिबल संघ, टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन् ।
प्रतियोगिताको विजेताले ट्रफिसहित ४ लाख ४४ हजार ४४४ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ४४ हजार ४४४ र तेस्रोले १ लाख ४४ हजार ४४४ रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ रुपैयाँ पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु