दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नखिपोटको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते, बिहीबार ६:४७

काठमाडौं, फागुन ७ गते । आयोजक नखिपोट युवा क्लबले खुला बास्केटबल प्रतियोगिताको पहिलो दिन बुधबार पुरुषमा विजयी सुरुआत गरेको छ ।
क्लबसंगै नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरको संयुक्त आयोजनामा भएको नखिपोटमा भइरहेको प्रतियोगितामा नखिपोटले आईएसए नेपाललाई ७६–७१ ले पराजित ग¥यो । विजयी टिमका लागि सुविन श्रेष्ठले २१ अंक जोडे ।
पुरुषकै अर्को खेलमा टाइम्सले बौद्धलाई ८६–६४ ले हरायो । टाइम्सका लागि श्रेयसबहादुर सानले २९ अंक जोडे ।
महिलामा कीर्तिपुरले आईएस नेपाललाई ५२–४९ ले पाखा लगायो । विजेताकी झर्ना वज्राचार्यले १९ स्कोर गरिन् ।
प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य जितजंग बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषतर्फ १५ र महिलामा ३ टिम सहभागी छन् । पुरुषको खेल नकआउट आधारमा हुनेछ । महिलामा सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग र त्यसपछि शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक विनोद श्रेष्ठले जनाएका छन् ।
पुरुषमा पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष एवं क्लबका महासचिव पुनित गुरुङले बताए । महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ । फाइनल आइतबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु