अक्सफोर्डलाई गुरुकुल फुटसल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते, आईतवार १७:५५

गुरुकुल एजुकेसनद्वारा आयोजित हब इन्टरनेसनल गुरुकुल फुटसल प्रतियोगिताको उपाधि अक्सफोर्डले जितेको छ ।
बुटवलमा भएको प्रतियोगिताको दोश्रो संस्करणको फाइलनमा अक्सफोर्डले नवीन औद्योगिक कदरबहदुर रिता मा.वि. लाई ३–१ गोलले पराजित ग¥यो । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार हात पारे । सेन्ट जोसेफले अनुशासित टिमको ट्रफी हात पा¥यो ।
एकदिने प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष एवं तिलोत्तमा खेलकुद विकास समितिका संयोजक लोक पुनले उद्घाटन गर्नुका साथै विजेतालाई पुरस्कृत पनि गरे । प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु