काष्ठमण्डप कराते सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते, मंगलवार ०५:३६

नेपाल सितोरियो कराते डो संघ, लैनचौर शाखा डोजोको आयोजनामा बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको कोशी प्रदेशका पूर्व मुख्य मन्त्री केदार कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा ८ सय २९ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सहभागीलाई यातायात, खाना र बसोवासको व्यवस्था गरिएको आयोजक डोजोका अध्यक्ष लक्ष्मण खड्काले जनाएका छन् । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु