ग्लोबल र प्यासिफिक फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते, मंगलवार ०५:५३

ग्लोबल टेबलटेनिस एकेडेमी र प्यासिफिक सेन्टर ‘ए’ सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा ग्लोबलले दार्जिलिङ टीटी एसोसिएसनलाई ३–० तथा प्यासिफिकले आयोजक ललितपुर टेबलटेनिस क्लबलाई ३–१ ले पराजित गरे ।
पुरुष टिम इभेन्टमा नेपाल प्रहरी क्लब, प्यासिफिक, ललितपुर टीटी क्लब र ग्लोबलले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा कुल ४ सय २ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक निकेश जोशीले जनाएका छन् । त्यसमा भारतबाट ८५ पुरुष र ४८ महिला खेलाडी छन् । प्रतियोगितामा पुरुष÷महिला टिम, पुरुष÷महिला सिंगल्स, पुरुष भेट्रान सिंगल्स (४० वर्षमाथि), महिला भेट्रान सिंगल्स (४० वर्षमाथि), पुरुष भेट्रान सिंगल्स (५५ वर्षमाथि), यु–१६ ब्वाइज र यु–१६ गल्र्स सिंगल्स गरी कुल ९ स्पर्धा समावेश छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २३ हजार रूपैयाँ रहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु