तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तेजस्वीको दोहोरो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते, मंगलवार ५:५६

काठमाडौं, फागुन १२ गते ।तेजस्वी एकेडेमीले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार दोहोरो जित हात पारेको छ । तेजस्वीले सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा विजयी सुरुआत गरेको हो ।
तार्केश्वर नगरपालिका १, साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको सिनियर ब्वाइजको खेलमा तेजस्वीले निम्बललाई ३१–७ ले पराजित ग¥यो । तेजस्वीको जितमा दिपेन छन्त्यालले १० अंक योगदान गरे । सिनियर गल्र्समा निशा क्षेत्रीको ७ अंक सहयोगमा तेजस्वीले इडिफाइलाई १२–२ ले हरायो ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजको अन्य खेलमा स्वर्णदीपले ल्यान्डमार्कलाई २४–१३, ह्वाइट हेभेनले लालीगुराँस नेसनल एकेडेमीलाई १८–१७, स्वेता सदनले गण्डकीलाई २६–१९, संस्कृति शिक्षा सदनले काठमाडौं लिटिल ब्लोसम स्कुल (किब्स) लाई २७–१२, इडिफाइले लर्निङ जोनलाई १९–४ र बेलमाउन्टले इडिफाइलाई २६–२४ ले पाखा लगाए ।
सिनियर गल्र्समा ह्वाइट हेभेनले स्वर्णदीपलाई २०–१२, बेलमाउन्टले गण्डकीलाई १५–१०, लर्निङ जोनले इडिफाइलाई ६–४ र संस्कृतिले किब्सलाई १२–१० ले पन्छाए ।
प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा र टप्सका अध्यक्ष भरतमणि पोखरेलले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । लिग कम नकआउट प्रतियोगिताको सिनियर ब्वाइजमा १५ तथा सिनियर गल्र्समा १० टिम सहभागी छन् । फाइनल फागुन १५ गते हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु