गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्डको दोस्रो संस्करण युएईमा हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते, बुधबार १०:०८

काठमाडौ । गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्डको दोस्रो संस्करण आगामी बैशाखको दोस्रो साता युएईको बरदुवई स्थित तारे होटलमा हुने भएको छ ।

म्युजिक ल्याब प्रालिले गत वर्ष थाइल्यान्डबाट शुरूवात गरेको गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड अन्तर्गत दोस्रो संस्करणको आज महाशिवरात्रि अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै आवेदन खुल्ला भएको आयोजकले जनाएको हो ।

म्युजिक ल्याब प्रालि र केशरी इन्टरटेनमेन्टको सयुत्त आयोजनामा अवार्ड सगै चर्चीत एवं ख्यातिप्राप्त कलाकारहरुको लाइभ दोहोरी,कल्चर डान्स लगाएतको बृहत र साङ्गीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाली गीत,सङ्गीतका स्रष्टाहरुको सृजनालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुने अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा,चलचित्र ,काठे लगायत गीत सङ्गीतका बिभिन्न विद्या समावेश गरिएको अवार्ड संयोजक बरिस्ठ गायक तथा संकलक बिनोद ढकालले जानकारी दिनुभयो ।

अवार्डसँगै नेपालबाट राष्ट्रिय स्तरका कलाकार देखि प्रवासी नेपाली कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने छ । अवार्डमा गीत संगीतका विभिन्न विधाको अलवा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन, सेवा उद्योग, सामाजिक क्षेत्र र अद्वितीय खाना लगायत नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय प्रभाव पारेका व्यक्ति र संस्थाहरूलाई समेत बिशेष सम्मान गरिने संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठ बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु