तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते, बिहीबार ६:३८

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । रंगकर्मी किशोर अनुरागसहितको निर्माणमा बन्ने चलचित्रको निर्देशन हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलले गर्दै छन् ।
यस चलचित्रलाई किशोर अनुराग र प्रेविल कँडेलले निर्माण गर्नेछन् भने कार्यकारी निर्मातामा दिनेश खड्का छन् । निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन सुरु भएको निर्माता अनुरागले बताए ।
करिब १ हप्ता काठमाडौँमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सिनेमाको सुटिङका लागि स्याङ्जा जानेछ । चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतले अभिनय गर्ने निर्देशक पौडेलले बताए । चलचित्रमा निर्माता अनुरागले क्रिएटिभ डाइरेक्टरको भूमिकासमेत निर्वाह गर्नेछन् ।
महिला प्रधान रहने यस चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहनेछ । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा बाबु श्रेष्ठको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । रिदम कँडेल र आशिष अविरलको संगीत रहने चलचित्रमा कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् ।
‘पूर्ण बहादुरको सारंगीका निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र बहुप्रतीक्षित हुने अपेक्षा गरिएको छ । ‘पूर्ण बहादुरको सारंगी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रस कलेक्सन गरेको थियो । निर्माण पक्षका अनुसार यो चलचित्र २०८२ मा रिलिज हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु