काठमाडौं – शुक्रबार राति २ : ५२ बजे काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु र मापनको विस्तृत विवरण आउन बाँकी छ।
भूकम्पको धक्का काठमाडौं, ललितपुर, भक्तपुर लगायत देशका विभिन्न भू-भागमा महसुस गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सामाजिक सञ्जालहरूमा धेरैले भूकम्पको कम्पन अनुभव भएको जानकारी दिएका छन्।