दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय फुल कन्ट्याक्टमा रुपक र मन्जुलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते, आईतवार १८:२१

रुपक नेपाली र मन्जु विकले तेश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मन्जुले स्वर्ण जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको प्रतियोगिताको पुरुष फाइनलमा रुपकले अमित महर्जनलाई पराजित गरे । रविन्द्र लोहार तेश्रो र शिवबहादुर भुजेल चौथो भए ।
मन्जुले फाइनलमा अनुपा नेपालीलाई हराइन् । कविता मोक्तान तेश्रो तथा चन्दाकुमारी भुजेल चौथो भए । पुरुष÷महिला दुवैमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६५ केजीमा सनी सिंहले स्वर्ण, मेघबहादुर राईले रजत, सागर तामाङले कांस्य र जयराज स्याङतान चौथो भए । पुरुष ६० केजीमुनि अनिल बराम पहिलो, केदार नेपाली दोश्रो, पवनकुमार जैसवाल तेश्रो र राजेन्द्र घलान चौथो भए ।
महिला ५० केजीमुनि रिना माझी पहिलो, उषा रावल दोश्रो, सपना आले मगर तेश्रो र निशा सुनार चौथो स्थानमा रहे । महिला ५५ केजीमुनि अनिशा तामाङ पहिलो, लक्ष्मी थिङ दोश्रो, अन्जना बुढाथोकी तेश्रो र सविता आले मगर चौथो भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु