सुन्दर बगैंचामा झन् सुन्दर फूल भेट्टाएँ,
सुक्खा खडेरीमा शीतल मूल भेट्टाएँ♥️
खुशी ले मन मा झिल्मिल उज्यालो
माया र आसै आशा को पुल भेट्टाए ।
यादका पानाहरूले हृदयलाई छुदै जाँदा
अन्तहीन प्रेमको अबिरल मूल भेट्टाएँ
जीवन त एक पीडा र विरहको सागर,
यद्यपि खुशी उमंगको अतुल भेट्टाएँ !!
अँध्यारो मनमा उज्यालोको किरण झर्यो,
निराशाको काँधमा आशाको एक हुल भेट्टाएँ
स्मृतिका हरफमा रमाउँदै प्रफुल्लित मन,
बगैंचाको सौन्दर्यमा लठ्ठ ब्याकुल भेट्टाएँ !!
सुन्दर बगैंचामा झन् सुन्दर फूल भेट्टाएँ,
सुक्खा खडेरीमा शीतल मूल भेट्टाएँ♥️
-यश पाठक
अस्ट्रेलिया