नेकोस उपत्यका विशेष कमिटीको बृहत् वनभोज कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते, आईतवार ०६:०६

काठमाडौं । नेकपा एमाले अन्तर्गत रहेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस), उपत्यका विशेष प्रदेश कमिटीको वृहत् वनभोज कार्यक्रम सम्पन्न भएको छ । उक्त वनभोज कार्यक्रम काठमाडौंको चोभारमा भएको हो ।

उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष सुर्य बहादुर बुढाथोकीको अध्यक्षतामा रहेको वनभोज कार्यक्रममा नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिका स्वकीय सचिव दिपेन्द्र दाहाल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।

महासंघको उपाध्यक्ष तथा  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्य नन्दा बस्याल, स्थायी कमिटी सदस्य तथा राखेप बोर्ड सदस्य जगत धामी, राखेप बोर्ड सदस्य हिमाल श्रेष्ठ पुर्व बोर्ड सदस्य तथा सल्लाहकार एकेन्द्र कुँवर, नेकपा एमाले बागमती प्रदेश सदस्य तथा सल्लाहकार उपेन्द्र पौडेल, काठमाडौं जिल्ला क्षेत्र नं. १० को नेकपा एमाले उम्मेदवार हिमेश केसी, अनुशासन आयोगका अध्यक्ष डिबि रानापाल, महासंघका महासचिव धरम बहादुर लामा, सचिव तथा उपत्यका विशेष इन्चार्ज तीर्थ बहादुर खड्का, कोषाध्यक्ष उज्ज्वल पौडेल लगायत काठमाडौं, भक्तपुर र ललितपुर कमिटीका अध्यक्ष, कोषाध्यक्ष तथा सचिव सहित विभिन्न तह र तप्काका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु झन्डै डेढ सयको संख्यामा उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि दाहालले आफ्नो शुभकामना मन्तव्य सहित संगठनको पहिलो वनभोज कार्यक्रममा पहिलो पटक नै आफू उपस्थित हुन पाउदा खुशी व्यक्त गर्दै संगठनको विकास र विस्तारमा उल्लेखनीय भुमिका रहने कुरा व्यक्त गर्नुभयो ।

अध्यक्ष सुर्य बहादुर बुढाथोकीको स्वागत मन्तव्य र एकेन्द्र कुँवर, नन्दा बस्याल, हिमाल श्रेष्ठ, जगत सिंह धामी, धरम बहादुर लामा, तीर्थ बहादुर खड्का लगायतले शुभकामना सहितको मन्तव्य राख्नुभयो ।

नेपाल खेलकुद महासंघबाट राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यमा नियुक्त भएका नन्दा बस्याल, हिमाल श्रेष्ठ र जगत सिंह धामीलाई सम्मान गरिएको थियो ।

साथै मनोरञ्जनात्मक खेलहरु डोरी तान र घैटो फुटाउने तथा नाचगानको साँस्कृतिक कार्यक्रमले वनभोजलाई थप रोचक बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु