नेपालले छैटौं एसियालीमहिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ । नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । चीनमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो ।
ईरानको राजधानी तेहरानमा सम्पन्न प्रतियोगितामा भारतले उपाधि जित्यो । ईरान उपविजेता भयो । एसियाली महिला कबड्डी प्रतियोगिता २०६० सालदेखि सुरु भएको कबड्डी संघले जनाएको छ ।