तार्केश्वर नगरपालिकाले नगद खेलकुद विकास समितिको अध्यक्षमा विक्रम खड्गीलाई मनोनित गरेको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष खड्गी नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका सदस्य पनि हुन् । खड्गी तेक्वान्दोका ग्योरोगी र पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र ओझा, फिरोज श्रेष्ठ, महेश महर्जन, रमेश महर्जन र सानुबाबु महर्जन, सचिवमा गौरव बस्नेत, सह सचिवमा विकास महर्जन तथा कोषाध्यक्षमा विष्णुकुमारी महर्जन रहेका छन् ।
उनीहरुलाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरे । समितिको संरक्षकमा मेयर महर्जन र प्रमुख सल्लाहकारमा उप–मेयर सृजना बुर्लाकोटी अर्याल रहने प्रावधान छ ।
पुरुषोत्तम खत्री, राजेश श्रेष्ठ, प्रभुराम फुयाल, सुमन कार्की, भवनाथ गजुरेल र सुवर्ण लामा सल्लाहकारमा चयन भए ।