नेपाली समाज यूएईको आयोजनामा वक्तित्व कला कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते, सोमबार १८:२८

एकेन्द्र थापा

आईतवार ९ मार्च, २०२५ का दिन नेपाली समाज यूएईको आयोजनामा ११५औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर खुल्ला वक्तित्व कला प्रतियोगिता दुवईमा सम्पन्न भयको छ।

यूएईमा बसोबास गरिरहेका विशेषगरि श्रमिक नेपाली महिला दिदिबहिनीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उदेश्यले “महिला शशक्तिकरण र नेतृत्व” विषयक प्रतियोगिता आयोजना गरियको थियो ।

नेपाली राजदुतावास अबुधाबी यूएईका कार्यवाहक राजदुत एवम् नियोग उपप्रमुख रन्जिता दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, विशेष अतिथीमा महामहिम राजदुत की धर्मपत्नि रिता क्षेत्री लगायत दूतावासमा कार्यरत विशिष्ट कर्मचारीहरूका परिवार, समाजका प्रमुख सल्लाहकार, पूर्व अध्यक्षहरु, नेपाल एसोसिएसन एनआरएनए एनसीसी अध्यक्ष, निवर्तमान सल्लाहकारहरू, नेपाली समाजमा आबद्ध सम्पूर्ण संघ संस्था प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार लगायत यूएईलाई कर्मथलो बनाएर बसोबास गरिरहेका महिला दिदिबहिनीहरूको व्यापक उपस्थिती रहेको थियो।

संस्थाका अध्यक्ष राम मोक्तान को अध्यतामा सम्पन्न प्रतियोगिता निवर्तमान सल्लाहकार निमेष गिरीको संयोजकत्वमा, निवर्तमान सल्लाहकार लक्ष्मण खनाल, पार्षद् अध्यक्ष कमल गिरि, सामाजिक अभियन्ताहरु कल्पना राई र ओम कुमारी खाँण सम्मिलित पाँच सदस्यहरुले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नु भएको थियो, जसको सहजिकरण उपाध्यक्ष केदार कुँवरले गर्नु भएको थियो।

महिला सचिव रमा न्यौपाने पन्थ द्वारा संचालित कार्यक्रमको पुरस्कार वितरण समारोह महासचिव जीवन पंगेनीले गर्नु भएको थियो, स्वागत मन्तव्य महिला उपाध्यक्ष लक्ष्मी पौडेल र कार्यक्रमको संयोजन महिला विभाग प्रमुख संगिता नेपाल अधिकारीले गर्नु भएको उक्त प्रतियोगितामा सनातन गौ संरक्षण अभियान बाट सहभागी बनेकी सरु रेग्मी, सुदुर पश्चिमेली नेपाली समाज को प्रतिनिधित्व गर्दै चन्द्रीका ओझा र सिन्धुपाल्चोक सेवा समाज यूएई को प्रतिनिधित्व गरेकी टासी डोल्मा शेर्पा ले क्रमशः प्रथम, दित्तीय र तृतीय स्थान हासिल गर्नु भयको थियो। करिब चालीस भन्दा बढि दिदीबहिनीले नाम दर्ता गरायता पनि २७ जनाको प्रतियोगीका रुपमा सहभागीता रहेको उक्त प्रतियोगितामा विजयी हुनेहरुलाई आकर्षक पुरस्कार र प्रमाण-पत्र वितरण प्रदान गरिनुका साथै अन्य सहभागीहरुलाई पनि प्रमाण-पत्र र उपहार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई अल दाहब एक्सचेन्ज र फ्युचर ट्रेन्ड्स् कस्मेटिक म्यानुफ्याक्चर ले प्रायोजन गरेका थिय भने गायत्रा थापा, गनदेव घिमिरे, बाबुराम सुनार, अन्जुल कलेक्सन को आर्थिक सहयोग रहेको थियो ।

प्रतियोगिताका दौरानमा अधिकांश प्रतियोगिले आयोजकलाई धन्यवाद सहित अवसर प्रदान गरेकोमा कृतज्ञता व्यक्त गर्दै महिला शशक्तिकरणका मुद्दामा रहेर आफ्ना प्रस्तुति राखेका थिय।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि कार्यवाहक राजदुत दाहालले यूएईको सबै भन्दा पुरानो र अग्रणी संस्थाले श्रमिक महिलाहरुको नेतृत्व विकासका लागि यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरि दिदिबहिनीहरु सँग साक्षातकार गर्दै प्रस्तुति देख्न पाउँदा हर्षित भएको कुरा व्यक्त गर्दै महिला शशक्तिकरण कागजमा मात्रै व्यख्या गरेर पुग्दैन कार्यान्वयनका लागि पनि जोड दिनुपर्ने कुरा ओैल्याउँदै महिला शशक्तिकरणका बारेमा प्रिजेन्टेसन राख्नुभएको थियोे ।

अन्त्यमा, अध्यक्ष मोक्तानले यो परदेशको बसाई साथै व्यस्तताका बाबजुद पनि हामीले गरेक प्रयासलाई महिला दिदिबहिनीहरूको उत्साह जनक सहभागीता, उपस्थिती र नेपाली समाजको संरक्षक रहेको राजदुतावासका तर्फबाट कार्यवाहक राजदुत सहित दुतावास परिवारको उपस्थितिले महिला सशक्तिकरणमा ठुलो योगदान पुग्नेमा विश्वस्त रहेका कुरा व्यक्त गर्दै प्रायोजन सहयोग गर्नुहुने प्रायोजकहरु, आर्थिक सहयोग दाताहरु, निर्णायक मण्डल, सल्लाहकारहरु, कार्यक्रम संयोजक, सहकार्य तथा समन्वय गर्नुहुने आबद्ध संस्थाहरु, सहजिकरण गर्नुहुने सबै पदाधिकारी लगायतको साथ र सहयोगले यस्ता कार्यक्रमहरु सम्पन्न गर्न सफल भएका कुरा व्यक्त गर्दै सबै प्रति धन्यवाद प्रकट सहित कार्यक्रम समापन गर्नु भएको थियोे।

स्मरण रहोस्, नेपाली समाजले गत वर्ष देखि अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरु लक्षित यस्ता कार्यक्रम संचालन गर्दै आईरहेको र यो दोस्रो वक्तित्व कला प्रतियोगिता रहेको जानकारी उपाध्यक्ष केदार कुँवरले हामीलाई दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु