नेपाली नयाँ बर्ष २०८२ को अवसर पारी जोजो फुटसल गेम साइप्रसमा आयोजना हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते, मंगलवार ०६:२२

मनिसा अर्याल – युरोप

मानव जिवनमा खेलको महत्त्व बिकास र बाताबरणको लागि पनि खेलकुदको आवश्यकता ठहर गर्दै जोजो युवा फुटसल नकाउट गेम दोर्सो पटक यहीं आगामी अप्रिल १३ तारीख साइप्रस स्थित म्युजिक फुटबल एकेडेमी (६०४६)लार्नकामा आयोजना हुने भएको छ। नेपाली नयाँ बर्षको अवसर पारेर गर्न लागिएको सो फुटसल गेम नेपालिहरु बिच एक आपसमा अझ प्रगाढ बनाउन साथै आत्मियता, सद्भाव र भातृत्वको बिकासका लागि र खेलकुदको माध्यम बाट यहाँ भएका नेपालीहरुको आपसी भाइचारा वृद्धि गर्ने उदेश्यले यो फुटसल गेमको आयोजना गर्न लागिएको आयोजक जोजो मगर ले जानकारी दिनुभएको छ।

खेलको लागि प्रथम बिजेताले १००० युरो सिल्ड ,मेडल प्रमाणपत्र
द्रीतिय ५०० युरो सिल्ड मेडल प्रमाणपत्र
साथै उत्कृष्ट १जना बेस्ट प्लेयर, उत्कृष्ट १ जना बेस्ट गोल किपर, उत्कृष्ट १ जना हाई ईस्कोर, उत्कृष्ट १ जना बेस्ट टिमकोच रहने छ।
टिम दर्ता को प्रवेश शुल्क १९९ युरो लाग्ने जानकारी प्राप्त भएको हुँदा समय मै इच्छुक दाजुभाइहरुले आ-आफ्नो टिम दर्ता गराईदिनुहुन समेत अनुरोध गर्नुभएको छ। साइप्रसमा स्थापित सम्पूर्ण संघसस्थाको प्रतिनिधि ज्युहरु, बुद्धिजीवी,समाजसेवी, ब्यवासायी, पत्रकार ज्युहरु र सम्पूर्ण आम साइप्रसमा कार्यरत दाजुभाइ तथा दिदिबहिनिहरुमा गरिमामय उपस्थितिको लागि यसै सुचना र निमन्त्रणा लाइ आधार मानी निम्न स्थान र मितिमा उपस्थित भै फुटसल कार्यक्रम भब्यतापुर्वक सफल पारिदिनुहुन सम्पूर्णमा सादर अनुरोध समेत गर्नुभएको छ!

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु